

रुस–उत्तर कोरिया सैन्य सम्बन्ध अझ गहिरिँदै, युक्रेन युद्धपछि सहकार्य नयाँ चरणमा
एजेन्सी । रुस र उत्तर कोरियाबीच दीर्घकालीन सैन्य सहकार्यलाई थप मजबुत बनाउने सहमति भएको छ। रुसको रक्षा मन्त्रालयले आइतबार जानकारी दिँदै दुई देशबीचको सम्बन्ध “नयाँ रणनीतिक चरण”मा प्रवेश गरेको संकेत गरेको हो।
युक्रेन युद्ध सुरु भएदेखि नै प्योङयाङले मस्कोलाई निरन्तर समर्थन गर्दै आएको छ। उत्तर कोरियाले रूसलाई हजारौँ सैनिक, क्षेप्यास्त्र तथा विभिन्न युद्ध सामग्री उपलब्ध गराएको बताइन्छ। यसको बदलामा रुसले उत्तर कोरियालाई आर्थिक सहायता, आधुनिक सैन्य प्रविधि, खाद्यान्न र ऊर्जा आपूर्ति उपलब्ध गराइरहेको विश्लेषण गरिएको छ।
सन् २०२४ मा हस्ताक्षर भएको द्विपक्षीय सैन्य सन्धिले दुई देशबीचको सम्बन्धलाई औपचारिक रूपमा अझ मजबुत बनाएको छ। उक्त सन्धिअनुसार कुनै एक देशमाथि आक्रमण भएमा अर्को पक्षले “ढिलाइ बिना” सैन्य सहयोग प्रदान गर्ने व्यवस्था गरिएको छ।
रुसका रक्षामन्त्री आन्द्रे बेलौसोभले उत्तर कोरियासँगको सहकार्यलाई दीर्घकालीन र निरन्तर बनाउन सहमति भएको बताएका छन्। उनका अनुसार सन् २०२७ देखि २०३१ सम्मका लागि संयुक्त सैन्य सहकार्यको विस्तृत योजना यसै वर्षभित्र हस्ताक्षर गर्ने तयारी भइरहेको छ।
यसैबीच, प्योङयाङमा युक्रेन युद्धमा मारिएका सैनिकहरूको स्मरणमा आयोजित कार्यक्रममा उच्चस्तरीय भेटवार्ता भएको छ। रक्षामन्त्री बेलौसोभले उत्तर कोरियाली नेता किम जोङ उन तथा रक्षामन्त्री नो क्वाङ चोलसँग छलफल गरेका थिए।
रिपोर्टअनुसार उत्तर कोरियाली सैनिकहरूले रुसको कुस्र्क क्षेत्रमा युक्रेनी प्रत्याक्रमण रोक्न महत्वपूर्ण भूमिका खेलेको दाबी गरिएको छ। त्यसको सम्मानस्वरूप रुसले केही सैनिकलाई सैन्य पदकसमेत प्रदान गरेको बताइएको छ।
तर, युद्धको मानवीय क्षति पनि बढ्दो देखिएको छ। दक्षिण कोरियाली स्रोतलाई उद्धृत गर्दै युक्रेन युद्धमा करिब दुई हजार उत्तर कोरियाली सैनिकको मृत्यु भएको दाबी गरिएको छ। केही रिपोर्टहरूले उत्तर कोरियाली सैनिकलाई आत्मसमर्पण नगर्न निर्देशन दिइएको समेत उल्लेख गरेका छन्।
हालसम्म दुई जना मात्र उत्तर कोरियाली सैनिक युक्रेनी सेनाको नियन्त्रणमा जीवित पक्राउ परेको बताइएको छ।
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
१ दिन अगाडि
2.1kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



