

अध्यादेशविरुद्ध विपक्षी दलहरूको रणनीति तय गर्न आज पुनः बैठक बस्दै
काठमाडौं । सरकारले ल्याएका अध्यादेशका विषयमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक आज बस्दै छ ।
बैठक बिहान साढे ११ बजे नेकपा एमाले संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ । यसअघि बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा विपक्षी दलहरूको बैठक बसेको थियो ।
उक्त बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताहरू सहभागी थिए । बैठकमा संसद् अधिवेशन स्थगित गरी अध्यादेश ल्याउने सरकारको कदमप्रति साझा रणनीति बनाउने विषयमा छलफल भएको थियो ।
आजको बैठकमा पनि सरकारका अध्यादेशविरुद्ध आगामी राजनीतिक कदमबारे थप समन्वय र निर्णय हुने अपेक्षा गरिएको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



