लिपुलेक विवादमा सरकारको अडान सही : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले लिपुलेक सीमा विवादमा सरकारले लिएको अडान सही रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले भारतले विगतकै धारणा दोहोर्‍याएको र चीनले यस विषयलाई आफ्नो समस्या नभएको बताउने सम्भावना रहेको जिकिर गरे। “लिपुलेक सीमा विवादमा सरकारले लिएको अडान ठीक छ। भारतले पुरानै कुरा भन्यो र चीनले– यो हाम्रो समस्या होइन भन्ने होला,” उनले उल्लेख गरेका छन्।

बास्कोटाले कूटनीतिक मामिलामा ‘बोल्यो–बोलेन’ भन्ने बहसलाई अर्थपूर्ण नहुने बताउँदै यस्ता विषयमा परिणाममुखी पहल आवश्यक पर्ने धारणा राखे। उनका अनुसार कूटनीति केवल अभिव्यक्तिमा सीमित नभई ठोस उपलब्धिमा केन्द्रित हुनुपर्छ।

यसैबीच, प्रधानमन्त्री को सम्भावित भारत भ्रमणलाई लिएर पनि उनले चासो व्यक्त गरेका छन्। ‘ग्रेटर नेपाल’ का समर्थक मानिने प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नेपालको अडान कति प्रभावकारी रूपमा प्रस्तुत हुन्छ र त्यसको ठोस परिणाम के आउँछ भन्ने कुरामा आफू प्रतीक्षारत रहेको उनले बताएका छन्।

“कूटनीतिमा बोल्यो, बोलेन भन्ने खालको दन्त बजानको खास अर्थ छैन। बरु प्रधानमन्त्रीको भारत भ्रमण भएमा हाम्रो अडान र त्यसको परिणाम के आउँछ भन्ने कुराको प्रतिक्षामा छु,” बास्कोटाले भने।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
147 Shares