

गृह मन्त्रालयको पत्राचारपछि बा१३च ६४३७ नम्बरको सवारीसाधन सरकारलाई बुझाइयो
दोहोरो सुविधा विवादपछि ओलीले फिर्ता गरे सरकारी गाडी
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ले दोहोरो सुविधाअन्तर्गत प्रयोग गर्दै आएको सरकारी सवारीसाधन सरकारलाई फिर्ता गरेका छन्।
गृह मन्त्रालयले कानुनविपरीत दोहोरो सुविधा लिइएको आशंकामा पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारीसाधन तत्काल फिर्ता गर्न पत्राचार गरेपछि ओलीले बा१३च ६४३७ नम्बरको सरकारी गाडी बुधबार सरकारलाई बुझाएका हुन्।
स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि गृह मन्त्रालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सरकारी सुविधा, विशेषगरी सवारीसाधनको विवरण संकलन र पुनरावलोकन प्रक्रिया अघि बढाएको हो।
प्रधानमन्त्री कार्यालयले गरेको प्रारम्भिक अध्ययनमा केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेभन्दा बढी सुविधा लिएको, एउटै समयमा विभिन्न निकायबाट दोहोरो सुविधा उपभोग गरेको तथा अतिरिक्त सवारीसाधन प्रयोग गरेको संकेत भेटिएको बताइएको छ। त्यसपछि सरकारले विस्तृत छानबिन थालेको हो।
यसक्रममा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख तथा पूर्वराष्ट्रियसभा अध्यक्षहरूले हाल प्रयोग गरिरहेका सवारीसाधन र अन्य सरकारी सुविधाको यथार्थ विवरण उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयमार्फत कडा निर्देशन दिएको छ।
कार्यालयले सम्बन्धित सबै निकायलाई बुधबार कार्यालय समयभित्र सम्पूर्ण विवरण इमेलमार्फत पठाउन निर्देशन दिँदै सरकारी सुविधा वितरण प्रणालीलाई पारदर्शी र कानुनसम्मत बनाउन आवश्यक कदम चालिने जनाएको छ।
सरकारको यो कदमलाई राज्य स्रोतसाधनको दुरुपयोग नियन्त्रण, सुविधा दोहोरोपन अन्त्य तथा सार्वजनिक जवाफदेहितातर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
बागमती प्रदेशमा भाषा दिवसको अवसरमा सार्वजनिक बिदा, वैशाख २४ गते प्रदेशभर बिदा लागू
-
लिपुलेकसम्बन्धी भारत–चीन व्यापारिक सहमतिप्रति नेपाल असहमति, कूटनीतिक पहल अघि बढाइएको रास्वपाको दाबी
-
भिजिट भिसाको आवरणमा बढ्दो मानव तस्करी : राज्य कहिले गम्भीर बन्छ ?
-
अनुमतिविनै वैदेशिक रोजगारीको धन्दा चलाउने कन्सल्ट्यान्सीमा सिल
-
आज बैशाख २४ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.9kViews 474 Shares Share on Facebook Share on Twitter मेष- चिताएको काममा सफलता नमिल्न सक्छ । साथीभाइसँग मनमुटाव हुन सक्छ ।…



