काठमाडौँ उपत्यकामा २४ घण्टामा २,१०५ चालक कारबाहीमा, २६ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २,१०५ जना सवारी चालक कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट राज्यकोषमा रु २६ लाख ६० हजार राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाही परेकामध्ये मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९९ जना रहेका छन् भने नियमविपरीत राइड सेयरिङ गर्ने १९३ जनामाथि समेत कारबाही गरिएको छ ।

त्यस्तै ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १३३ जना र तीव्र गतिमा सवारी चलाउने १३९ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।

लेन अनुशासन पालना नगर्ने १३२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ८७ जना र एकतर्फी सडकमा सवारी चलाउने ७९ जना चालक कारबाहीमा परेका छन् ।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १,१६४ जनालाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Facebook Comments Box
TOP
249 Shares