

सशस्त्र प्रहरीमा ६ एसएसपी डीआईजीमा बढुवा, सोमबार दर्ज्यानी चिन्ह प्रदान गरिने
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गरेको छ।
गत वैशाख ११ गते बसेको बढुवा समितिको बैठकले रिक्त रहेको ६ डीआईजी पदमा बढुवाका लागि सिफारिस गरेपछि गृह मन्त्रालयले औपचारिक रूपमा बढुवा निर्णय गरेको हो।
डीआईजीमा बढुवा हुने अधिकृतहरूमा दिगविजय सुवेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की रहेका छन्।
बढुवासँगै सशस्त्र प्रहरी बलको नेतृत्व तहमा नयाँ जिम्मेवारी र कार्यविभाजनको तयारी समेत अघि बढेको स्रोतले जनाएको छ। संगठनभित्र अनुभव, कार्यसम्पादन र नेतृत्व क्षमताका आधारमा उनीहरू बढुवामा परेका हुन्।
नवनियुक्त डीआईजीहरूलाई सोमबार सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा आयोजित विशेष समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।
यो बढुवालाई सशस्त्र प्रहरी संगठनभित्रको नियमित नेतृत्व हस्तान्तरण र कमान्ड संरचना सुदृढीकरणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



