

कर्णालीमा CCIS अनुशिक्षण तालिम सम्पन्न, डिआईजी जयराज सापकोटाद्वारा प्रमाणपत्र वितरण
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सञ्चालन भएको पाँच कार्य दिनको “प्र.व.ह./प्र.ह./प्र.स.ह./प्र.ज. Crime and Criminal Information System (CCIS) अनुशिक्षण तालिम” सम्पन्न भएको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) जयराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त तालिममा प्रदेश प्रहरी कार्यालय मातहतका विभिन्न कार्यालयहरूमा कार्यरत १९ जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
तालिमका क्रममा CCIS (Crime and Criminal Information System) सम्बन्धी आवश्यक प्राविधिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथि डिआईजी सापकोटाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रणालीको प्रभावकारी प्रयोगमार्फत अपराध नियन्त्रण तथा अनुसन्धान कार्यलाई थप चुस्त र आधुनिक बनाउनुपर्नेमा जोड दिएका थिए । साथै उनले तालिमबाट प्राप्त ज्ञानलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा उपयोग गर्न निर्देशनसमेत दिएका थिए ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



