

पश्चिमी वायुको प्रभाव : देशभर बदली, पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको तल्लो वायुमण्डलीय न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस प्रणालीको प्रभावका कारण बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका भूभागमा आंशिक बदलीको अवस्था कायम छ ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
तराई क्षेत्रमा भने आंशिक बदली रहने जनाइएको छ ।
यस्तै, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली कायम रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन् ।
कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा तराई भूभागसहित अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
मौसमविद्ले चट्याङ, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



