

नीति तथा कार्यक्रममाथि आजदेखि राष्ट्रियसभामा छलफल
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । मध्याह्न सवा १२ बजे सुरु हुने बैठकमा सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि औपचारिक छलफल प्रारम्भ हुने भएको छ ।
सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि व्यापक बहस सुरु गर्न प्रधानमन्त्री वालेन्द्र शाहले “नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकलाई सरकारको आगामी आर्थिक वर्षको प्राथमिकता, विकास रणनीति, आर्थिक सुधार, सुशासन तथा जनमुखी कार्यक्रमबारे सत्ता र प्रतिपक्षबीच हुने राजनीतिक बहसका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ । नीति तथा कार्यक्रममाथिको छलफलपछि सांसदहरूले सरकारका योजना, कार्यान्वयन क्षमता र बजेटको दिशा सम्बन्धमा धारणा राख्नेछन् ।
यस्तै, बैठकमा राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्ने कार्यसूची पनि रहेको छ ।
संसद् सचिवालयका अनुसार आजको बैठकले सरकारको आगामी नीति, विकासको मार्गचित्र र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी कानुनी व्यवस्थामाथि महत्वपूर्ण छलफल अघि बढाउने अपेक्षा गरिएको छ ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



