प्रतिनिधिसभामा प्रधानमन्त्री अनुपस्थितिप्रति विपक्षीको आक्रोश, राजीनामाको माग

काठमाडौं । प्रतिनिधिसभामा बुधबार राजनीतिक माहोल एकाएक तातेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं अनुपस्थित भएपछि विपक्षी सांसदहरूले तीव्र आपत्ति जनाउँदै राजीनामाको माग गरेका छन्।

प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीलाई जवाफ दिन अघि सारिएको विषयलाई लिएर विपक्षी दलहरूले सरकारमाथि कडा आलोचना गरेका छन्। उनीहरूले प्रधानमन्त्रीको लगातार अनुपस्थितिले संसद्को गरिमा, जवाफदेहिता र संवैधानिक अभ्यासमाथि प्रश्न उठेको आरोप लगाएका छन्।

सदनमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई गम्भीर राजनीतिक विषय भन्दै तत्काल राजीनामा दिनुपर्ने मागसमेत उठाएका छन्।

यस विषयलाई लिएर संसद्मा सरकार र विपक्षीबीचको तनाव थप चुलिने संकेत देखिएको छ।

Facebook Comments Box
TOP
358 Shares