

प्रतिनिधिसभा बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसयता सदनमा नीति तथा कार्यक्रममाथि पक्ष–विपक्षबीच तीव्र बहस भइरहेको छ ।
बुधबारको बैठक भने नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित नभएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले सदन अवरुद्ध गरेका थिए ।
आजको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ दिनेछन् । त्यसपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
चालु अधिवेशनमा सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटसमेत प्रस्तुत गर्ने तयारी गरिरहेको छ । त्यसैले आजको बैठकलाई राजनीतिक र आर्थिक दृष्टिले महत्वपूर्ण मानिएको छ ।
यस्तै, राष्ट्रियसभाको बैठक पनि आज बिहान ११ः१५ बजे बस्ने तय भएको छ । उक्त बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने सम्भावित कार्यसूची रहेको छ ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



