सिन्धुली — प्रहरी हिरासतमा रहेका युवकको मृत्यु: छानबिन समितिले प्रतिवेदन बुझायो, जिम्मेवार कर्मचारी कारबाहीको सिफारिस

सिन्धुली ।

सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयमा हिरासतमा राखिएका २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका डीआईजी दिनेश आचार्यको नेतृत्वमा गठन भएको ५ सदस्यीय छानबिन समितिले प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बुझाएको छ।

विकलाई वैशाख ३ मा प्रहरी वृत्त सात दोबाटोबाट पक्राउ गरेर सिन्धुली पठाइएको थियो। जबरजस्ती करणी मुद्दामा न्यायिक हिरासतमा रहेका उनलाई वैशाख ७ मा हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला पारिएको थियो। उद्धारको प्रयास भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि रास्वपा र नेकपाका सांसदहरू र जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा धर्ना दिँदै छानबिनको माग गरेका थिए। त्यसको प्रतिक्रिया स्वरूप वैशाख ११ मा नेपाल प्रहरीले ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा एसपी रवीन्द्रनाथ पौडेल, सीआईबीका इन्स्पेक्टर ईन्द्रजित सुनार, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रेम रेग्मी, प्रहरी नायब निरीक्षक राजेश्वर सापकोटा सदस्य थिए। समितिलाई ७ दिनभित्र तथ्यगत र वस्तुनिष्ठ छानबिन गरी प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो।

प्रतिवेदनमा घटनामा संलग्न इन्सपेक्टर बसन्त भुजेल र प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ। सिफारिस अनुसार, इन्सपेक्टर भुजेललाई खुर्कोटबाट सरुवा गरेर बागमती प्रदेश कार्यालयमा पठाइएको छ।

त्यस्तै, प्रहरी युनिटभित्र थुनुवाको सुरक्षा सुनिश्चित गर्न इन्चार्जले जिम्मेवारी कडा बनाउन सुझाव दिइएको छ। अन्य १० जना प्रहरीलाई चेतावनी दिने र ध्यानाकर्षण गराउने सिफारिस पनि प्रतिवेदनमा गरिएको छ।

प्रहरी हिरासतमा थुनुवाको सुरक्षा र मानवीय हक सुनिश्चित गर्न प्रतिवेदनले सुरक्षा व्यवस्थामा सुधार गर्न स्पष्ट दिशा निर्देश गरेको छ।

 

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
397 Shares