प्रधानमन्त्री कार्यालय मातहत राष्ट्रिय अनुसन्धान विभाग, बालेन्द्र शाहको कदमबारे बहस

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याउने निर्णय गरेका छन्। बुधबार पारित कार्यसम्पादन नियमावलीमार्फत विभागको प्रशासनिक संरचना परिवर्तन गरिएको हो।

यससँगै देशको एक मात्र गुप्तचर निकाय अब प्रधानमन्त्री कार्यालय अन्तर्गत रहने भएको छ। यस कदमलाई प्रधानमन्त्रीको कार्यक्षेत्र र कार्यक्षमता विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ।

यसअघि २०७४ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा पनि राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखिँदा व्यापक राजनीतिक बहस र आलोचना भएको थियो। त्यसपछि उक्त संरचना पुनः गृह मन्त्रालयमा फर्काइएको थियो।

हालको निर्णयपछि सुरक्षा निकायहरूको प्रशासनिक संरचना र शक्ति सन्तुलनबारे पुनः छलफल सुरु भएको छ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
116 Shares