ऐलानी जग्गाबासीलाई ऐतिहासिक राहत: एक वर्षभित्र लालपुर्जा वितरण गर्ने सरकारको तयारी

काठमाडौं । वर्षौँदेखि विस्थापनको त्रास र कानुनी अन्योलमा रहेका ऐलानी जग्गामा बसोबास गर्दै आएका नागरिकका लागि सरकारले ठूलो राहतको घोषणा गरेको छ। सरकारका सम्बन्धित निकायले आगामी एक वर्षभित्रै ऐलानी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पत्र (लालपुर्जा) वितरण गर्ने तयारी थालेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सम्बन्धित मन्त्रालयका स्रोतका अनुसार, ऐलानी जग्गामा बसोबास गर्ने नागरिकलाई विस्थापन होइन, कानुनी स्वामित्व प्रदान गर्ने उद्देश्यसहित विस्तृत कार्ययोजना अघि बढाइएको हो।

सरकारले वर्षौँदेखि “कहाँबाट उठाइने हो” भन्ने डरमा रहेका नागरिकलाई अब ढुक्क रहन आग्रह गर्दै उनीहरूलाई व्यवस्थित ढंगले जग्गाधनी बनाउने स्पष्ट नीति अघि सारेको छ।

यो निर्णय कार्यान्वयनमा आएसँगै देशभरका लाखौँ भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको दीर्घकालीन समस्या समाधान हुने अपेक्षा गरिएको छ। साथै, आफ्नै थातथलोको कानुनी मालिक बन्ने उनीहरूको वर्षौँदेखिको सपना पनि साकार हुने विश्वास लिइएको छ।

Facebook Comments Box
TOP
320 Shares