महावीर पुनको स्पष्ट सन्देश: “म मन्त्री खाने/नखानेसँग मतलब छैन, म काम गर्न आएको हुँ”

काठमाडौं — सांसद तथा वैज्ञानिक ले आफू मन्त्री बन्ने चाहना वा त्यससम्बन्धी चर्चाबारे फैलिएका शंकाहरूलाई खण्डन गर्दै आफ्नो प्राथमिकता पद नभई काम भएको स्पष्ट पारेका छन्।

नवप्रवर्तन, अनुसन्धान र विज्ञान प्रविधिसम्बन्धी मन्त्रालय गठनबारे भइरहेको बहसका बीच पुनले भने, अनुसन्धान र नवप्रवर्तन कुनै एक–दुई वर्षको विषय नभई दीर्घकालीन प्रक्रिया भएको उल्लेख गरे।

“यो अनुसन्धान, नवप्रवर्तन भन्ने काम त पृथ्वीमा मानिसहरू रहुन्जेल हुने कुरा हो। यो १/२ वर्षको कुरा होइन। जबसम्म पृथ्वीमा मानिस हुन्छ, तबसम्म रिसर्च, इनोभेसन, आविष्कार भइरहन्छ,” पुनले भने।

मन्त्रालय छुट्याउने विषयमा उठेका शंका र आलोचनाप्रति प्रतिक्रिया दिँदै उनले आफूलाई मन्त्री बन्ने व्यक्तिगत चाहना नरहेको दाबी गरे। कतिपयले उनलाई मन्त्री बन्न ‘रणनीति’ बनाइरहेको आरोप लगाइरहेको प्रसङ्गमा उनले त्यसलाई अस्वीकार गरे।

“महावीर पुन आफू मन्त्री हुनलाई ट्रिक खेलिरहेको छ भन्ने शंका पनि गरिरहेका छन्। म चाहिँ के चाहन्छु भने सकभर जान्ने मान्छे आओस्, राम्रो मान्छे आओस्,” उनले भने।

पुनले आफू पदका लागि होइन, कामका लागि राजनीति वा सार्वजनिक भूमिकामा रहेको स्पष्ट गर्दै भने, “मलाई मन्त्री खाने/नखानेसँग मतलब छैन। म मन्त्री खानलाई मरिहत्ते गर्ने मान्छे होइन।”

उनका अनुसार आफू मन्त्री भए पनि काम गर्ने र नभए पनि निरन्तर योगदान दिने प्रतिबद्धता छ। उनले मन्त्रालय गठन वा व्यक्तिगत पदसँग आफ्नो संलग्नता जोडेर गरिएका अनुमान गलत भएको पनि बताए।

“म मन्त्री भए पनि काम गर्छु, नभए पनि काम गर्छु,” पुनले जोड दिए।

उनको भनाइले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई दीर्घकालीन रूपमा संस्थागत रूपमा अघि बढाउने आवश्यकता र त्यसबारे भइरहेका राजनीतिक बहसलाई पुनः सतहमा ल्याएको छ।

Facebook Comments Box
TOP
453 Shares