

“सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरणमा हाम्रो जिम्मेवारी” नारासहित काठमाडौंमा प्रभातफेरी
काठमाडौं । विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसरमा राष्ट्रिय सडक सुरक्षा परिषद् र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा राजधानीमा सचेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ ।
“सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरणमा हाम्रो जिम्मेवारी” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा सडक सुरक्षा, ट्राफिक नियम पालना तथा दुर्घटना न्यूनीकरणबारे जनचेतना फैलाउने उद्देश्य राखिएको थियो ।
बबरमहलबाट सुरु भएको प्रभातफेरी माईतीघर मण्डला, नयाँ बाटो, भद्रकाली हुँदै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा विभिन्न सुरक्षा निकाय, टोल सुधार समिति, युवा क्लब, नगर प्रहरी, विद्यार्थी, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
समापन समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभाग प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदी, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्की, सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसी, राष्ट्रिय सडक सुरक्षा परिषद्का प्राविधिक सल्लाहकार सरोज प्रधान, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, Rotary International का Road Safety Committee अध्यक्ष नुगल वैद्य, NAIMA Nepal का कार्यकारी निर्देशक राजकुमार दुलाललगायतले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताएका थिए ।
उक्त कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले पनि सुरक्षित यातायात प्रणाली निर्माणका लागि चालक, यात्रु र पैदलयात्री सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।
सहभागीहरूले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पूर्ण पालना, जिम्मेवार सवारी सञ्चालन र सामूहिक सचेतनाको आवश्यकता औँल्याएका थिए ।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



