

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध ७ उजुरी
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा हालसम्म ७ वटा उजुरी दर्ता भएका छन्।
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार शनिबार साँझसम्म समितिमा ७ उजुरी प्राप्त भएका हुन्।
केही दिनअघि प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीशहरूको वरीयतामा चौथो स्थानमा रहेका डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
सिफारिसपछि संसदीय सुनुवाइ समितिले वैशाख २६ गते सार्वजनिक सूचना जारी गर्दै उनीविरुद्ध उजुरी आह्वान गरेको थियो। समितिले नियुक्तिका लागि अनुपयुक्त ठान्ने व्यक्तिहरूलाई आधार, कारण र प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको थियो।
समितिका अनुसार उजुरीकर्ताले भौतिक रूपमा उपस्थित भई, हुलाकमार्फत वा इमेलबाट समेत उजुरी पठाउन सक्ने व्यवस्था गरिएको छ।
प्राप्त उजुरीहरूमा अब समितिले आवश्यक छलफल र प्रारम्भिक छानबिन गर्नेछ। त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग संसदीय सुनुवाइ समितिमा प्रत्यक्ष सुनुवाइ गरिने प्रक्रिया अघि बढाइनेछ।
उजुरी दिने अन्तिम म्याद भोलिसम्म कायम रहेको समितिले जनाएको छ।
समाज
थप सामाग्री-
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध ७ उजुरी
-
सांसद ज्ञानेन्द्र शाहीको सरकारलाई कडा अपिल: ६५ वटा भ्रष्टाचार काण्डका दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग
-
नेपाल प्रहरीमा सुधारोन्मुख संकेत: आईजीपी दान बहादुर कार्कीको नेतृत्वमा सरुवा प्रणालीमा सन्तुलन र पारदर्शिताको प्रयास
-
एसएसपी वसन्त रजौरेको नयाँ अभियान : उत्कृष्ट प्रहरीलाई दैनिक सम्मान, विमानस्थल सुरक्षामा बढ्दै उत्साह
-
“सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरणमा हाम्रो जिम्मेवारी” नारासहित काठमाडौंमा प्रभातफेरी
६ करोडभन्दा बढीको ‘हनी ट्र्याप’ ठगी प्रकरण: राजनीतिक नामसमेत जोडिँदै अनुसन्धान तीव्र
१० घण्टा अगाडि
1.6kViews 131 Shares Share on Facebook Share on Twitter काठमाडौं । टिकटकर तुलसा अधिकारीसँग जोडिएको बहुचर्चित ‘हनी ट्र्याप’ तथा ठगी…




