प्रधानन्यायाधीश शर्माको सुनुवाइमा विपक्षीको आपत्ति, अध्ययनका लागि समय माग

काठमाडौँ — प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज शर्माको कार्ययोजना तथा उनीविरुद्ध परेका उजुरीमाथि अध्ययन गर्न विपक्षी दलका सांसदहरूले एक दिनको समय माग गरेका छन्।

सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यकक्षमा बसेको बैठकमा विपक्षी सांसदहरूले पर्याप्त अध्ययनको अवसर आवश्यक रहेको भन्दै निर्णय तत्काल नगर्न आग्रह गरेका हुन्।

नेकपा (माओवादी केन्द्र) का सांसद ले प्रक्रिया पूरा गर्दै निर्णय गर्नुपर्ने बताउँदै संवैधानिक परिषद्को संरचनागत सहभागितालाई ध्यानमा राख्नुपर्ने धारणा राखे। उनले भने, “संवैधानिक परिषद्मा तीनवटै अंग र विपक्षी पनि छ। प्रक्रिया पूरा गरेरै जाऔँ। कामलाई ढिलो पनि नगरौँ तर अध्ययनका लागि समय आवश्यक छ।”

प्रस्तावित प्रधानन्यायाधीशले सर्वोच्च अदालत ६ वर्ष चलाउने सम्बन्धी कार्ययोजना प्रस्तुत गरेका सन्दर्भमा त्यसको विस्तृत अध्ययन आवश्यक रहेको पुनको भनाइ थियो। उनले भोलिबाटै सुनुवाइ गरी एकै दिनमा निर्णय गर्न हतार नगर्न पनि आग्रह गरे।

त्यस्तै, एमाले सांसद ले पर्याप्त छलफल बिना गरिएको निर्णयले अपारदर्शिता बढ्ने भन्दै आपत्ति जनाइन्। उनले उजुरीकर्ताका गुनासाहरू सुन्नुपर्ने र सांसदहरूलाई अध्ययनको समय दिनुपर्ने बताइन्।

अर्यालले प्रक्रिया हतारमा अघि बढाउँदा समितिको गरिमामाथि प्रश्न उठ्ने भन्दै भोलि अध्ययन, पर्सि छलफल गर्ने प्रस्ताव समेत राखिन्। एकै दिनमा अनुमोदन गर्दा कार्यपालिकाको निर्णयलाई औपचारिकता दिएको जस्तो देखिने उनको तर्क थियो।

सांसद ले पनि प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना अध्ययनका लागि थप समय आवश्यक रहेको बताए।

यसैबीच, सांसद ले समितिको नाम नै “अनुमोदन समिति” राख्नुपर्ने भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेपछि बैठकमा केही समय छलफल थप तातेको थियो।

संसदीय सुनुवाइ समितिमा विपक्षी र सत्तापक्षबीच समय व्यवस्थापन र प्रक्रिया सम्बन्धी विषयमा फरक धारणा देखिए पनि अन्ततः थप छलफलको सम्भावना खुला राखिएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
451 Shares