

बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएपछि अमरेश सिंह आक्रोशित
काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटको विनियोजन प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनुपस्थित रहेको विषयमा कडा असन्तुष्टि जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजन प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद सिंहले आफ्नो २० वर्षे संसदीय अनुभवमा पहिलोपटक अर्थमन्त्रीको अनुपस्थितिमा बजेटसम्बन्धी छलफल भइरहेको देखेको भन्दै आश्चर्य व्यक्त गरे ।
छलफलका क्रममा सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित थिए । त्यसप्रति संकेत गर्दै सिंहले बजेट निर्माण र त्यसको प्राथमिकतामाथि हुने छलफलमा अर्थमन्त्री नै उपस्थित हुनुपर्ने संसदीय परम्परा रहेको बताए ।
उनले भने, “परम्परा तोड्ने नाममा सबै परम्परा तोडिँदैन । बजेटको विनियोजन प्राथमिकतामा अर्थमन्त्री जहिले पनि बस्ने प्रणाली छ । परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन । म यो कुरा रेकर्डमा रहोस् भनेर मात्रै उठाइरहेको छु ।”
सांसद सिंहले निरन्तर संसदीय परम्परा भत्काउने प्रवृत्तिले संसद्को औचित्यमाथि नै प्रश्न उठ्ने चेतावनी दिए । नयाँपनको नाममा संस्थागत अभ्यास र संसदीय मर्यादा कमजोर बनाउन नहुने उनको भनाइ थियो ।
उनले भने, “यदि सबै परम्परा भत्काउँदै जाने हो भने संसद्को औचित्य समाप्त हुन्छ । हाम्रो संविधानले संसदीय प्रणालीलाई अंगीकार गरेको छ, जहाँ सबै सांसद बराबर हुन्छन् र सरकार जनताप्रति जवाफदेही हुनुपर्छ ।”
सिंहले अर्थमन्त्री व्यस्त भए पनि बजेटसम्बन्धी छलफलका लागि समय निकाल्नुपर्ने उल्लेख गर्दै बजेट टोलीले तयार पार्ने भए पनि त्यसको नीतिगत नेतृत्व अर्थमन्त्रीकै जिम्मेवारी हुने बताए ।
उनले व्यंग्यात्मक शैलीमा भने, “नयाँको नाममा सबै चिज भत्काउने हो भने सिंहदरबार पनि भत्काऔं, प्रधानमन्त्री पद पनि हटाऔं, मन्त्री पद पनि हटाऔं । तर परिवर्तन औचित्यपूर्ण हुनुपर्छ ।”
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



