नेपालको खानेतेल व्यापारमा ऐतिहासिक उछाल, आयात–निर्यात दुवै खर्ब नाघे

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको खानेतेल व्यापार अस्वाभाविक रूपमा बढेको छ। भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म १ खर्ब ४५ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको खानेतेल तथा तेलजन्य वस्तु आयात भएको छ। सो अवधिमा ८७ करोड ३१ लाख लिटरभन्दा बढी तेल आयात भएको छ र सरकारले करिब १० अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

गत वर्षको सोही अवधिमा १ खर्ब २० अर्ब ६७ करोड रुपैयाँ बराबरको तेल आयात भएको थियो।

आयातमध्ये सबैभन्दा ठूलो हिस्सा भटमास (सोयाबिन) तेलको छ। १० महिनामा मात्र १ खर्ब ६ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको भटमास तेल आयात भएको छ, जुन कुल आयातको करिब ७३ प्रतिशत हो।

भटमास तेल मुख्य रूपमा अर्जेन्टिना, ब्राजिल, चीन, थाइल्याण्ड, पाराग्वे र युक्रेनबाट आयात भएको छ।

त्यस्तै सूर्यमुखी तेल १७ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको आयात भएको छ। पाम आयल तथा पामजन्य उत्पादन १६ अर्ब ४२ करोड रुपैयाँ बराबरको आयात भएको छ। यी तेलहरू इन्डोनेसिया र मलेसियाबाट मुख्य रूपमा आएका छन्।

नेपालमा कच्चा तेल आयात गरी प्रशोधन गरेर भारततर्फ पुनः निर्यात गर्ने (रि–एक्सपोर्ट) प्रवृत्ति प्रमुख कारण मानिएको छ। नेपालमा करिब दुई दर्जन तेल उद्योग सञ्चालनमा छन्।

भारतसँगको व्यापार सहजता र साफ्टा अन्तर्गतको सुविधा कारण यस्तो व्यापार बढेको हो।

सोही अवधिमा नेपालले १ खर्ब १७ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको प्रशोधित तेल निर्यात गरी वैदेशिक मुद्रा आर्जन गरेको छ। निर्यातको ९९ प्रतिशतभन्दा बढी हिस्सा भारतमा गएको छ।

सबैभन्दा बढी भटमास तेल निर्यात भएको छ, जसको मूल्य १ खर्ब १ अर्ब रुपैयाँभन्दा बढी छ। सूर्यमुखी र पामजन्य तेल पनि निर्यात भएका छन्।

सानो परिमाणमा तेल अष्ट्रेलिया, अमेरिका र बेलायतसम्म पनि निर्यात भएको छ।

 

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
160 Shares