

कोहलपुरमा ‘भुन्टे समूह’बारे आरोप: मिटरब्याज, धम्की र प्रहरी भूमिकामाथि प्रश्न
कोहलपुर (बाँके) । कोहलपुर क्षेत्रमा मिटरब्याज, अवैध आर्थिक कारोबार र गुन्डागर्दीमा संलग्न भएको भन्दै एक समूहविरुद्ध गम्भीर आरोप सार्वजनिक भएका छन् । स्थानीय व्यवसायी र सर्वसाधारणले टोपेन्द्र महरा उर्फ “भुन्टे” नेतृत्वको समूहले आर्थिक दबाब, धम्की र असुलीमार्फत त्रास फैलाएको दाबी गरेका छन् ।
स्रोतका अनुसार कोहलपुर–२ मा सक्रिय उक्त समूहले मिटरब्याजमा ऋण लगानी गर्ने, अत्यधिक ब्याज असुल्ने र रकम नतिरे दबाब तथा धम्की दिने गरेको आरोप छ । कोहलपुरस्थित एक व्यवसायीसँग सम्बन्धित घटनामा ज्यान मार्ने धम्कीसमेत दिइएको दाबी गरिएको छ ।
पीडित पक्षले इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिन खोजे पनि दर्ता नभएको भन्दै प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ । यद्यपि, यस विषयमा प्रहरीले औपचारिक प्रतिक्रिया दिएको छैन ।
स्थानीयका अनुसार यस्ता गतिविधि मिटरब्याज, अनौपचारिक वित्तीय कारोबार र अवैध नेटवर्कसँग जोडिएको आशंका बढ्दै गएको छ । बेरोजगारी र कमजोर नियमनका कारण यस्ता समूह सक्रिय भएको स्थानीयको भनाइ छ ।
मानवअधिकारकर्मी र स्थानीय अगुवाहरूले घटनाको निष्पक्ष छानबिन, पीडितको सुरक्षा र मिटरब्याज तथा अवैध कारोबारमा संलग्न भनिएका व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गरेका छन् ।
स्थानीयले भनेका छन्, “कानुन कार्यान्वयन कमजोर हुँदा यस्ता गतिविधि बढ्दै गएका छन्, अब राज्यले गम्भीर भएर कदम चाल्नुपर्छ।”
समाज
थप सामाग्री-
“बालश्रममुक्त समाज निर्माणमा मोरङ प्रहरीको प्रतिबद्धता, विश्व बालश्रम विरुद्ध दिवस भव्य रूपमा सम्पन्न”
-
चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेच्ने दुई सञ्चालकसहित चार जना बनेपाबाट पक्राउ
-
अख्तियार र सम्पत्ति शुद्धीकरणले जोगाएको सिन्डिकेटलाई सम्पत्ति छानबिन आयोगले कारबाहीको दायरामा ल्याउला ?
-
ट्राफिक नियम उल्लंघनमा कुनै सहुलियत नदिन निर्देशन : एसएसपी सुरेश काफ्ले
-
नेपालका लागि सञ्जीवनी बुटी : दिव्य उपदेश
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
२१ घण्टा अगाडि
1.6kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…



