

एसएसपी तिवारीद्वारा मोरङ र सुनसरी ट्राफिक कार्यालयको निरीक्षण, ‘सुरक्षित चालक अभियान’लाई जोड
मोरङ/सुनसरी । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्सालका प्रहरी वरिष्ठ उपरीक्षक ले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र सुनसरीको निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँले ट्राफिक प्रहरी कर्मचारीहरूलाई प्रविधिको प्रभावकारी प्रयोग गर्दै अनुशासन, पारदर्शिता र जिम्मेवारीपूर्वक सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । उहाँले बढ्दो सवारी चाप र सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
एसएसपी तिवारीले नागरिकमैत्री सेवा प्रवाह, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै, उहाँले कर्मचारीहरूले भोग्दै आएका समस्या तथा गुनासोहरू पनि सुन्नुभएको थियो ।
सोही क्रममा ‘सुरक्षित चालक अभियान’ अन्तर्गत सिटी सफारी चालकहरूलाई सुरक्षित चालक लेखिएको ज्याकेट वितरण गरिएको थियो । यस अभियानमार्फत सडक सुरक्षा संस्कृतिलाई व्यवहारमा उतार्न खोजिएको प्रहरीको भनाइ छ ।
मोरङ ट्राफिक कार्यालय निरीक्षणका क्रममा सिटी सफारी चालक ले यात्रुको छुटेको ल्यापटप, रु ३० हजार नगद र एटिएम कार्डसहितको झोला फेला पारी सम्बन्धित व्यक्तिलाई सुरक्षित रूपमा फिर्ता गरेको भन्दै उहाँलाई कदरपत्रसहित सम्मान गरिएको छ । चालक कामतको इमान्दारिता, मानवता र जिम्मेवारीको उच्च उदाहरण प्रस्तुत भएको प्रहरीको भनाइ छ ।
यस्तै, सुनसरीको धरानमा यातायात व्यवसायी, चालक तथा सहचालकहरूसँग सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी छलफल तथा अन्तरक्रिया पनि गरिएको थियो । कार्यक्रममा सहभागीहरूले आफ्ना समस्या र सुझावहरू राखेका थिए ।
निरीक्षण तथा छलफल कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख लगायत यातायात व्यवस्था कार्यालय मोरङका प्रमुख तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
समाज
थप सामाग्री-
“बालश्रममुक्त समाज निर्माणमा मोरङ प्रहरीको प्रतिबद्धता, विश्व बालश्रम विरुद्ध दिवस भव्य रूपमा सम्पन्न”
-
चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेच्ने दुई सञ्चालकसहित चार जना बनेपाबाट पक्राउ
-
अख्तियार र सम्पत्ति शुद्धीकरणले जोगाएको सिन्डिकेटलाई सम्पत्ति छानबिन आयोगले कारबाहीको दायरामा ल्याउला ?
-
ट्राफिक नियम उल्लंघनमा कुनै सहुलियत नदिन निर्देशन : एसएसपी सुरेश काफ्ले
-
नेपालका लागि सञ्जीवनी बुटी : दिव्य उपदेश
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
२१ घण्टा अगाडि
1.6kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…



