

गुमनाम गिडी ताल
जुम्लाको तातोपानी गाउँपालिका– ४ मा अवस्थित गिडी ताल समुद्री सतहदेखि तीन हजार चार सय ८२ मिटर उचाइमा छ । पहाडै–पहाडको खोँचमा रहेको ताल जंगलले ढाकिएको छ । तालमा माछालगायतका जलचर जीवजन्तु भने देखिँदैनन् । यो ताल मानवबस्तीदेखि निकै टाढा पाटन क्षेत्र जहाँ ६ महिना हिउँ जम्नेस्थानमा छ ।
कर्णालीका प्राकृतिक तालमध्ये एक महत्वपूर्ण मानिने यो तालसम्म पुग्ने सडक तथा पदमार्ग नहुँदा प्रचार–प्रसार भएको छैन । गुमनाम यो तालसम्म पहिलोपटक स्थानीय सरकारको टोली पुगेको हो । गुमनाम अवस्थामा रहेको गिडीतालमा सम्भवतः सरकारी टोली पुगेर सम्मेलन गरेको यो पहिलोपटक हो । पर्यटन प्रवद्र्धनका लागि पहिलोपटक सरकारी टोलीले असोज ४, ५ र ६ गते गिडीताल पुगी पर्यटन सम्मेलन सम्पन्न गरेको हो ।
स्थानीय तहको दोस्रो निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएपछि तातोपानी गाउँपालिका– ४ मा अवस्थित गिडीतालमा गाउँपालिका प्रतिनिधि, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, वडा तथा पालिका कर्मचारी र स्थानीयको टोली पुगेको हो । यो तालको लम्बाइ, चौडाइ र गहिराइ भने नापजाँच हुन सकेको छैन । तालको गहिराई नाप्न तत्काल असम्भव छ । लम्बाइ र चौडाइको नापजाँच गर्न प्राविधिक टोली पुगे पनि ताल वरिपरि जान मिल्ने पदमार्ग तथा गोरेटो बाटोसमेत नहुँदा नापजाँच भएन ।
ताल निकै नीलो र गहिरो छ । ‘भूत’ लाग्छ भन्ने स्थानीय अन्धविश्वासका कारण पनि ताल आजसम्म ओझेल परेको देखिन्छ । तातोपानी गाउँपालिका वडा नम्बर ४ को पहलमा ताल संरक्षणको सुरुवात भएको छ । अहिलेसम्म पर्यटकका लागि भनी त्यहाँ कुनै पूर्वाधार निर्माण भएका छैनन् ।

भूगोलविद् स्वर्गीय डा. हर्क गुरुङले वि.सं. ०३०/०३१ सालतिर सो तालसम्म जाने प्रयास गरेका थिए । तर, पदमार्गसमेत नहुँदा उनी त्यहाँ पुग्न नसकेको स्थानीय दुर्गाप्रसाद पाण्डे बताउँछन् । त्यसयता तालमा आजसम्म कुनै पनि सरकारी निकायको टोली पुगेको थिएन । त्यहाँ पुग्ने बाटो र बीचमा वास बस्ने ठाउँ नहुँदा एकाध मानिस जडीबुटी खोज्न र सिकार खेल्न गए पनि अरू मानिस आजसम्म जान सकेका छैनन् ।
करिब चार–पाँच दिनको चिसो, उकालो र पाटन क्षेत्रको यात्रा पार गरेपछि मात्रै त्यहाँ पुगिन्छ । त्यहाँ पुग्न बन्दोबस्तीका साथ जानुपर्छ । ब्लडप्रेसर, दमलगायतका दीर्घरोगीहरूलाई हाई अल्टिच्युड लाग्ने खतरा हुने भएकाले उनीहरूले यात्रापूर्व नै ध्यान पुर्याउनुपर्ने देखिन्छ । हिउँदको ६ महिना हिउँ जम्ने भएकाले त्यो तालमा बर्खायाममा मात्रै यात्रा गर्न मिल्छ ।
प्रकृतिको वरदान गिडी ताल आफैँमा अद्भुत छ । त्यो तालमा पानी पश्चिमतिरबाट बगेर आउँछ । तालबाट बगेर जाने पानी गिडी खोलामा मिसिन्छ । तालबाटै खोलाको नामाकारण भएको ठानिन्छ । जो गिडी खोला जुम्लाका कैयौँ ठाउँ छिचोल्दै तिला नदीमा पुगेर मिसिन्छ । त्यो तालबाट बगेर आएको पानी किसानका खेतसम्म पुग्छ ।
गिडी तालआसपास बजेडी, लसुनवारी, ठाकुरज्यू, विष्टज्यू, नाना हांक, ठूला हांक, दुनी, पुनाली, धप्के, धौलीगाड, हणन्या, गुइया दुला, भुसी, पत्यौडलगायतका दुई दर्जन पाटन छन् । यो तालको छेउछाउमा ठाकुरज्यू दह, विष्टज्यू दह, नदै दह, शंख, पाले दह, राक्षस दह, खानी दह, ढाण दह, लडे दह, घोडापाइला दह, जोगिनी दहजस्ता दर्जनौँ अन्य ससाना दह समेत छन् ।
प्रकृतिको बरदान गिडी ताल आफैँमा अद्भूत छ । त्यो तालमा पानी पश्चिमतिरबाट बगेर आउँछ । तालबाट बगेर जाने पानी गिडी खोलामा मिसिन्छ । तालबाटै खोलाको नामाकरण भएको ठानिन्छ । गिडीखोला जुम्लाका कैयौँ ठाउँ छिचोल्दै तिला नदीमा पुगेर मिसिन्छ ।
स्थानीय पाका मानिसहरूका भनाइअनुसार धेरै पहिले गाउँलेहरू त्यहाँ सिकार खेल्न पुगेका थिए । दहको किनारमा पातपतिंगर भएकाले उनीहरू त्यहीँ वास बसे । भोजपत्रलगायतका ठूला काठ जम्मा गरेर भात पकाए । आफू बसेको मुनितिर दह र बरफ जमेको छ भन्ने हेक्का उनीहरूलाई भएन । आगोले उक्त भाग तात्दै जाँदा आगो वरिपर भएका सबै सिकारी त्यही डुबेर मरे । त्यसपछि त्यहाँ मान्छे जान छोडे ।
गिडी ताल क्षेत्रमा रहेका दर्जनौँ पाटन, रमणीय दह, पवित्र धार्मिकस्थल, जीवनबुटीका रूपमा रहेका जडीबुटी, वनस्पति, जनावर तथा पंक्षी आदिका बारेमा चर्चा गरिनु आवश्यक छ । तालको संरक्षण गरी पर्यटकीयस्थल बनाउने वडाध्यक्ष अमरबहादुर रोकाया बताउँछन् । उनी भन्छन्,‘यो ताल ओझेलमा परेकाले संरक्षणका लागि वडाले पहल गरेको हो ।’ गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंसहितको ७५ सदस्यीय टोली तालको अवलोकन गर्न त्यहाँ पुगेको थियो । पालिका अध्यक्ष चौलागाईं भन्छन्, ‘प्राविधिक टोलीसहित हामी ताल अवलोकन गर्न पुग्यौँ । तालको लम्बाइ, गहिराइ र चौडाइ नाप्ने योजना थियो । तर, गोरेटो बाटो पनि नभएकाले यथार्थ विवरण ल्याउन सकिएन ।’

गिडी दहआसपास झन्डै दुई दर्जन विभिन्न प्रजातिका वन्यजन्तु र लोपोन्मुख पन्छी पाइन्छन् । कस्तुरी, रेडपान्डा, घोरल, थार, बाघ, भालु, रतुवाजस्ता जनावर र डाँफे, कालिज, फग्रास, ढुकुरजस्ता पंक्षीसमेत यसै क्षेत्रमा पाइन्छन् । यार्चागुम्बा, जटामसी, पाँचऔँले, खिरौलो, पदमचाल, भूतकेश, सिलाजित जस्ता सयौँ प्रकारका जडीबुटी पनि पाइन्छन् ।
करिब चार–पाँच दिनको चिसो, उकालो र पाटन क्षेत्रको यात्रा पार गरेपछि मात्रै त्यहाँ पुगिन्छ । त्यहाँ पुग्न बन्दोबस्तीका साथ जानुपर्छ । ब्लडप्रेसर, दमलगायतका दीर्घरोगीहरूलाई हाई अल्टिच्युड लाग्ने खतरा हुने भएकाले उनीहरूले यात्रापूर्व नै ध्यान पुर्याउनुपर्ने देखिन्छ । हिउँदको ६ महिना हिउँ जम्ने भएकाले त्यो तालमा बर्खायाममा मात्रै यात्रा गर्न मिल्छ ।नयाँ पत्रीका बाट
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
२० घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





