भन्सार दर बढेपछि सुन बजारमा ‘सुनामी’ : एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ उकालो

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि सुनमा लाग्ने भन्सार दर १० प्रतिशतले बढाउने घोषणा गरेसँगै नेपाली सुन बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ। शुक्रबार सार्वजनिक बजेटपछि सुनको मूल्य एकैदिन ह्वात्तै बढेर नयाँ उचाइमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले वृद्धि हुँदै ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ। गत जेठ १५ गते प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य बजेट घोषणापछि उल्लेख्य रूपमा उकालो लागेको हो।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ६६ हजार ७२० रुपैयाँ कायम भएको छ। दुई दिनअघि १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार १४० रुपैयाँ रहेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ कायम भएको छ, जबकि जेठ १५ गते प्रतितोला ५ हजार ४० रुपैयाँ मा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार ५८३ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

व्यवसायीहरूका अनुसार भन्सार दर वृद्धिले आयात लागत बढ्ने भएकाले त्यसको प्रभाव प्रत्यक्ष रूपमा बजार मूल्यमा परेको हो। बजेट घोषणापछि सुन बजारमा देखिएको यो वृद्धि हालसम्मकै उल्लेखनीय मूल्यवृद्धिमध्ये एक मानिएको छ।

भन्सार शुल्क बढेसँगै आगामी दिनमा सुन तथा चाँदीको मूल्य थप उतारचढाव हुन सक्ने भन्दै बजारका जानकारहरूले उपभोक्तालाई सतर्क रहन सुझाव दिएका छन्।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
190 Shares