प्रतिनिधि सभामा आज बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने तय भएको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने कार्यसूची रहेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्री वाग्लेको प्रस्तावपछि प्रतिनिधि सभामा बजेटमाथिको औपचारिक छलफल अघि बढ्नेछ । सांसदहरूले बजेटका प्राथमिकता, नीति तथा कार्यक्रम र कार्यान्वयन पक्षबारे आ–आफ्ना धारणा राख्नेछन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको थियो । त्यसपछि विभिन्न चरणमा छलफल र संशोधन प्रक्रिया अघि बढाइएको हो ।

आजको बैठकलाई बजेटमाथिको विस्तृत छलफलको महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
145 Shares