कर्मचारी तलब वृद्धि विवादमा अर्थमन्त्रीको स्पष्टिकरण: २१ प्रतिशत नै वृद्धि भएको दाबी

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि सम्बन्धी विषयमा उठेका भ्रम र विवादप्रति स्पष्टिकरण दिएका छन्।

उनका अनुसार सरकारी कर्मचारीको तलबमा कुल २१ प्रतिशत वृद्धि गरिएको हो र यस विषयमा कुनै प्रकारको भ्रममा नपर्न उनले आग्रह गरेका छन्। “बाहिर सरकारले ढाँट्यो कि झुक्यायो भन्ने कुरा उठिरहेको छ, तर त्यसमा सत्यता छैन,” उनले भने।

अर्थमन्त्री वाग्लेले तलब वृद्धिको संरचना पनि स्पष्ट पारेका छन्। उनका अनुसार १० प्रतिशत आधारभूत तलब (बेस पे) मा वृद्धि गरिएको छ भने थप १० प्रतिशत कार्यसम्पादनसँग जोडेर उपलब्ध हुने व्यवस्था गरिएको छ। यसरी समग्रमा २१ प्रतिशतसम्मको वृद्धि सुनिश्चित गरिएको उनले दाबी गरे।

सरकारले तलब वृद्धिलाई लिएर पारदर्शिता कायम राखिएको दाबी गरे पनि यसको कार्यान्वयन र व्याख्यालाई लिएर विभिन्न पक्षबाट प्रश्न उठिरहेका छन्। यसबीच अर्थमन्त्रीको यो स्पष्टिकरणले सरकारी निर्णयबारे फैलिएको अन्योल केही हदसम्म प्रस्ट पारेको देखिन्छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
293 Shares