

विराटनगरमा वित्तीय अपराध अनुसन्धानसम्बन्धी विशेष तालिम सुरु, गभर्नर पौडेल र आईजीपी कार्कीद्वारा उद्घाटन
विराटनगर । सम्पत्ति शुद्धीकरण, आतंककारी गतिविधिमा वित्तीय लगानी तथा आमविनाशका हातहतियार निर्माण र विस्तारसँग सम्बन्धित वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित विशेष अनुशिक्षण तालिम सोमबार विराटनगरमा सुरु भएको छ।
नेपाल राष्ट्र बैंक र नेपाल प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको प्रमुख आतिथ्य तथा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको विशिष्ट आतिथ्यमा तालिमको औपचारिक उद्घाटन गरिएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले वित्तीय प्रणालीमा पारदर्शिता, सुशासन र आर्थिक स्थायित्व कायम राख्न सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा वित्तीय लगानी तथा आमविनाशका हातहतियारसँग सम्बन्धित वित्तीय अपराध नियन्त्रण अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले यस्ता अपराधको अनुसन्धान तथा निगरानीमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, सूचना आदानप्रदान र दक्ष जनशक्ति उत्पादन आवश्यक रहेको उल्लेख गर्दै तालिमले वित्तीय अपराधका नयाँ चुनौतीहरूको सामना गर्न प्रहरीलाई थप सक्षम बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै आईजीपी कार्कीले वित्तीय अपराधको स्वरूप दिनप्रतिदिन जटिल र प्रविधिमैत्री बन्दै गएको उल्लेख गर्दै सफल अनुसन्धानका लागि प्राविधिक ज्ञान, अनुसन्धान सीप र अन्तरनिकाय समन्वय अपरिहार्य रहेको बताए। उनले नेपाल प्रहरीले हुण्डी कारोबार, संगठित अपराध, मानव बेचबिखन, लागूऔषध ओसारपसार, ठगी तथा अपराधबाट आर्जित सम्पत्तिसम्बन्धी मुद्दाहरूको अनुसन्धानमा वित्तीय विश्लेषण, प्रमाण संकलन, अन्तर्राष्ट्रिय सहकार्य र संस्थागत समन्वयलाई प्राथमिकता दिँदै आएको जानकारी दिए।
आईजीपी कार्कीले सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानीसम्बन्धी अपराध राष्ट्रिय सुरक्षा र आर्थिक सुशासनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले नेपाल प्रहरीले यस क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धिलाई निरन्तरता दिएको उल्लेख गरे। उनले तालिमले सहभागी प्रहरी अधिकृतहरूको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान अभिवृद्धि गरी भविष्यमा वित्तीय अपराध नियन्त्रण र अनुसन्धानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले तालिमको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए। कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले धन्यवाद ज्ञापन गरेका थिए।
उद्घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुयाल, नेपाल राष्ट्र बैंकका निर्देशक शरणकुमार अधिकारी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख, झापा, मोरङ, सुनसरी र उदयपुरका प्रहरी प्रमुख, विभिन्न प्रहरी अधिकृत, प्रशिक्षार्थी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल प्रहरीका अनुसार तालिमले वित्तीय अपराध अनुसन्धानको क्षमता अभिवृद्धि गर्दै राष्ट्रिय सुरक्षा, आर्थिक अनुशासन तथा सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



