आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक : अमेरिकी डलर १५३ रुपैयाँ नजिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको मूल्य १५३ रुपैयाँ नजिक पुगेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसाबिक्रीदर १५३ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २६ पैसाबिक्रीदर १०९ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ भने क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसाबिक्रीदर ११० रुपैयाँ ५३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसाबिक्रीदर १७८ रुपैयाँ ७४ पैसा कायम हुँदा युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर २०६ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले विदेशी मुद्रा विनिमय दर बजारको अवस्थाअनुसार आवश्यक परे जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दरमा केही फरक हुन सक्ने उल्लेख गर्दै अद्यावधिक दर आफ्नो आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
430 Shares