परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान, द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उद्देश्य

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा आज भारत प्रस्थान गर्ने भएका छन् ।

नेपाल–भारतबीच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परा अन्तर्गत हुन लागेको यो भ्रमणले दुई देशबीचको ऐतिहासिक तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा मन्त्री खनालको औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक गरिएको छ। भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

सो अवसरमा नेपाल–भारत सम्बन्धका विविध विषयमा गहन छलफल हुने मन्त्रालयले जनाएको छ। विशेषगरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा सहकार्य तथा दुई देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा केन्द्रित रहेर वार्ता हुने उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार यो भ्रमण आपसी सहयोग र समझदारीलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण कडीका रूपमा रहने अपेक्षा गरिएको छ।

औपचारिक कार्यक्रम सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल आगामी जेठ २४ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।

Facebook Comments Box
एआईजी हिमालय कुमार श्रेष्ठद्वारा नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनको निरीक्षण तथा अन्तरक्रिया सम्पन्न
१० घण्टा अगाडि

1.4kViews 435 Shares Share on Facebook Share on Twitter चितवन । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख एआईजी हिमालय…

TOP
276 Shares