प्रचण्ड गर्मीमा गोरुलाई यातना दिने व्यक्ती पक्राउ

प्युठान । अत्यधिक गर्मीको समयमा जोतिरहेको गोरुलाई यातना दिएको आरोपमा प्युठानका जालीराम थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ।

स्थानीयका अनुसार बारी जोत्न नसकेपछि भुइँमा पछारिएको गोरुलाई थापाले कुटपिट गर्दै मुख माटोमा पुरिदिएको दृश्य समेटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सो भिडियोमा थापाले स्वयं आफैंले उक्त गतिविधि रेकर्ड गरी अपलोड गरेको बताइएको छ।

भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो। पशु अधिकारकर्मी तथा सर्वसाधारणले घटनाप्रति आपत्ति जनाउँदै कानुनअनुसार कडा कारबाहीको माग गरेका थिए।

घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

Facebook Comments Box
एआईजी हिमालय कुमार श्रेष्ठद्वारा नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनको निरीक्षण तथा अन्तरक्रिया सम्पन्न
११ घण्टा अगाडि

1.4kViews 435 Shares Share on Facebook Share on Twitter चितवन । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख एआईजी हिमालय…

TOP
106 Shares