

रौतहटको देवाही गोनाही नगरपालिकामा खरिदारमाथि भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको गम्भीर आरोप, छानबिनको माग
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा कार्यरत खरिदार मुकेश पटेलमाथि भ्रष्टाचारमार्फत अकुत सम्पत्ति आर्जन गरेको गम्भीर आरोप लागेको छ। स्थानीयस्तरमा यो विषय सार्वजनिक भएपछि उच्चस्तरीय छानबिनको माग समेत उठ्न थालेको छ।
स्थानीयबासी तथा विभिन्न स्रोतहरूको दाबीअनुसार पूर्व मेयर धर्मेन्द्र पटेलको कार्यकालदेखि हालका मेयर प्रेमलाल साहको कार्यकालसम्म सामाजिक तथा योजना शाखामा कार्यरत रहँदै आएका पटेलले विभिन्न योजना सञ्चालनमा अनियमितता गरेको आरोप छ।
आरोपअनुसार उनले आफन्तका फर्म तथा अनुकूल गैरसरकारी संस्थामार्फत नगरपालिकाका विकास योजनाहरू सञ्चालन गराई बजेट वितरणमा प्रभाव जमाउने, तथा कतिपय योजनाबाट कमिसन असुल्ने कार्यमा संलग्न रहेको दाबी गरिएको छ। केही योजनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न भई आर्थिक लाभ लिएको समेत आरोप छ।
त्यसैगरी, भ्रष्टाचारमार्फत आर्जन गरिएको भनिएको रकम मिटरब्याज कारोबारमा समेत लगानी गरिएको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। गौर नगरपालिका–४ टिकुलिया निवासी पटेलले दर्जनौं व्यक्तिलाई चर्को ब्याजदरमा ऋण प्रवाह गरेको तथा ऋणको साटो घरजग्गा आफ्नो वा परिवारका सदस्यको नाममा गराउने गरेको दाबी पनि गरिएको छ।
स्थानीयबासीले यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा राष्ट्रिय सतर्कता केन्द्रमार्फत निष्पक्ष र विस्तृत छानबिन हुनुपर्ने माग गरेका छन्। उनीहरूले सम्बन्धित कर्मचारीको सम्पत्ति स्रोत, बैंक कारोबार तथा तीन पुस्तेसम्मको आर्थिक विवरणसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन्।
यसैबीच, आरोपित खरिदार मुकेश पटेलले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन्। उनले तलबबाहेक कुनै पनि अवैध आम्दानी नगरेको दाबी गर्दै आरोपहरू पूर्णतः निराधार रहेको प्रतिक्रिया दिएका छन्।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



