भारतमा घरेलु एलपीजी सिलिन्डरको मूल्य फेरि बढ्यो, तीन महिनामै ८९ भारुको वृद्धि

एजेन्सी — भारतमा घरेलु प्रयोगका लागि प्रयोग हुने एलपीजी ग्यास सिलिन्डरको मूल्य फेरि बढाइएको छ। आइतबारदेखि लागू हुने गरी १४.२ किलोग्राम क्षमताको घरेलु सिलिन्डरमा २९ भारतीय रुपैयाँ (भारु) मूल्यवृद्धि गरिएको हो।

नयाँ मूल्यसूचीअनुसार राजधानी दिल्लीमा घरेलु एलपीजी सिलिन्डरको मूल्य ९१३ भारुबाट बढेर ९४२ भारु पुगेको छ। यो पछिल्लो तीन महिनाभित्र गरिएको दोस्रो मूल्यवृद्धि हो।

यसअघि गत मार्च ७ मा पनि सिलिन्डरको मूल्य ६० भारुले बढाइएको थियो। यससँगै तीन महिनाको अवधिमा घरेलु ग्यासको मूल्य कुल ८९ भारुले महँगिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार अन्तर्राष्ट्रिय बजारमा ऊर्जा स्रोतहरूको मूल्य वृद्धि र घरेलु बिक्रीमा लगातार भइरहेको घाटा नै मूल्यवृद्धिको मुख्य कारण हो।

सरकारी स्वामित्वका तेल कम्पनीहरूले प्रत्येक घरेलु एलपीजी सिलिन्डरमा करिब ७०० भारुसम्म घाटा बेहोर्नुपरेको बताइएको छ। पछिल्लो मूल्यवृद्धिले उक्त घाटाको केही हिस्सा मात्र पूर्ति गर्ने कम्पनीहरूको दाबी छ।

एलपीजीसँगै भारतमा पेट्रोलियम पदार्थको मूल्य पनि निरन्तर बढ्दो क्रममा छ। मे महिनामा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ७.५० भारुसम्म बढाइएको थियो भने सीएनजीको मूल्य पनि प्रतिकिलोग्राम करिब ६ भारुले वृद्धि गरिएको थियो।

तेल कम्पनीहरूका अनुसार हाल पेट्रोलमा प्रतिलिटर करिब ११ भारु र डिजेलमा ३३.६ भारुसम्म घाटा भइरहेको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
249 Shares