

सल्यान र जाजरकोट गुल्मका कमान्डर फिर्ता, राशन अनियमितता र कोरला तस्करी प्रकरणमा छानबिन तीव्र
काठमाडौं । मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई नियमविपरीत ठूलो संख्यामा बिदामा पठाई राशन व्यवस्थापनमा अनियमितता गरेको आरोप पुष्टि भएपछि सशस्त्र प्रहरी बल नेपालले सल्यान र जाजरकोटस्थित गुल्मका कमान्डरहरूलाई जिम्मेवारीबाट फिर्ता बोलाएको छ।
सशस्त्र प्रहरी बलका स्रोतका अनुसार ती दुवै जिल्लाका गुल्मपति (डीएसपी) विरुद्ध अत्यधिक संख्यामा कर्मचारीलाई बिदामा पठाई राशनमा अनियमितता गरेको भन्दै सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा उजुरी परेको थियो। उजुरीपछि प्रधान कार्यालयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा विशेष छानबिन टोली खटाएको थियो।
स्थलगत अनुसन्धानपछि तयार पारिएको प्रतिवेदनमा दुवै कमान्डरको कार्यशैली र व्यवस्थापकीय कमजोरी देखिएको उल्लेख गरिएको छ। सोही प्रतिवेदनका आधारमा उनीहरूलाई कमान्डबाट फिर्ता बोलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित कानुन निर्देशनालयमा हाजिर गराइएको छ।
सशस्त्र मुख्यालय स्रोतका अनुसार उनीहरूमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइसकिएको छ। रिक्त हुन पुगेका सल्यान र जाजरकोट गुल्ममा नयाँ कमान्डर खटाउने तयारी समेत भइरहेको छ।
कोरला नाका तस्करी प्रकरणमा पनि छानबिन
यसैबीच, मुस्ताङको कोरला नाकाबाट भएको अवैध तस्करी प्रकरणमा समेत सशस्त्र प्रहरीको भूमिकामाथि छानबिन सुरु गरिएको छ।
केही दिनअघि कोरला नाका हुँदै गैरकानुनी रूपमा दुई ट्रक ‘भेपर’ (इलेक्ट्रोनिक चुरोट) नेपाल भित्रिएको घटनामा सुरक्षा कमजोरी देखिएको भन्दै बोर्डर आउट पोस्ट (बीओपी) नेचुङका तत्कालीन कमान्डर तथा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) माथि अनुसन्धान थालिएको हो।
प्रारम्भिक अनुसन्धानमा नाकामा खटिएको सुरक्षा संयन्त्रको लापरबाहीका कारण अवैध सामान भित्रिएको देखिएको भन्दै सम्बन्धित अधिकृतमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ।
दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको र प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिइने सशस्त्र प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



