

देशभर २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा, पुनर्निर्माणमा बजेट अभाव– आईजीपी कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ वटा स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा पुगेको बताएका छन्। उनले ती चौकीहरूको पुनर्निर्माणका लागि पर्याप्त बजेट अभाव हुँदा प्रहरी कर्मचारीहरू जोखिमपूर्ण र असुरक्षित संरचनामा काम गर्न बाध्य भएको उल्लेख गरे।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आईजीपी कार्कीले सीमावर्ती तथा संवेदनशील क्षेत्रमा रहेका धेरै प्रहरी चौकीहरू भत्किने अवस्थामा पुगेको जानकारी दिए।
उनका अनुसार हाल देशभर २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा छन् भने अस्थायी प्रहरी चौकीहरूको अवस्थाबारे यकिन तथ्यांकसमेत उपलब्ध छैन।
“सीमावर्ती र संवेदनशील क्षेत्रमा रहेका कतिपय चौकीहरू भत्किने अवस्थामा छन्। प्रहरी कर्मचारीहरू जोखिमपूर्ण भवनमा बसेर सेवा दिन बाध्य छन्,” आईजीपी कार्कीले भने, “स्थानीय तह र संघीय मामिला मन्त्रालयको समन्वयमा यस्ता चौकीहरूको पुनर्निर्माण हुन सके प्रहरी कर्मचारीहरूले ड्युटीपछि न्यूनतम मानवीय सुविधा सहित बस्न पाउने अवस्था सिर्जना हुन्छ।”
उनले अस्थायी प्रहरी चौकीहरू आवश्यकता र संवेदनशीलताको आधारमा स्थापना गरिए पनि दीर्घकालीन समाधानका लागि स्थायी संरचना अनिवार्य रहेको बताए। साथै, प्रहरी उपस्थिति राज्यको उपस्थितिको अनुभूति गराउने भए पनि भौतिक पूर्वाधारको अभावले सेवा प्रवाहमा चुनौती थपिएको उनको भनाइ थियो।
आईजीपी कार्कीले अस्थायी चौकीहरूको व्यवस्थापनदेखि भवन निर्माण र आवश्यक लजिस्टिक सुविधासम्मका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



