

देशभर पश्चिमी न्यून चापीय र स्थानीय वायुको प्रभाव, विभिन्न प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना
काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारण बदली देखिएको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ।
आज दिउँसोको मौसम आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारण बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।
त्यसैगरी कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा, साथै लुम्बिनीको तराई क्षेत्र, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा तातो दिन (Heatwave जस्तो अवस्था) रहने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
आज रातिको मौसम आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित बाँकी हिमाली क्षेत्रमा साधारण बदली रहनेछ। मधेस प्रदेश तथा अन्य पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ।
कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा, साथै मधेस प्रदेश र अन्य हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



