

सशस्त्र प्रहरीमा बढुवा भएका अधिकृतलाई आईजीपी पौडेलद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।
उक्त कार्यक्रममा अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक, वरिष्ठ उपरीक्षक, उपरीक्षक, नायव उपरीक्षक तथा निरीक्षक पदमा हालै बढुवा भएका अधिकृतहरूलाई औपचारिक रूपमा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी पौडेलले नवबढुवा अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले संगठनप्रति निष्ठा, अनुशासन र व्यावसायिकतासहित जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो।
समारोहमा सशस्त्र प्रहरीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





