

सुनको मूल्य तीन लाख नाघ्यो, तोलामा दुई हजार रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ। आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढ्दै तीन लाख रुपैयाँ नाघेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर तीन लाख एक हजार ९०० रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। सोमबार प्रतितोला चार हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर चार हजार ९२५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



