सुधन गुरुङको प्रतिक्रिया : ‘म फर्किँदा कोही खुसी, कोही दुःखी भएका होलान्’

काठमाडौं । पुनः गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न गृह मन्त्रालय पुगेका सुधन गुरुङले आफ्नो पुनरागमनप्रति मिश्रित प्रतिक्रिया आउने बताएका छन्।

मन्त्रालय प्रवेशपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू फर्किँदा धेरै मानिस खुसी भएको र केही मानिस दुःखी पनि भएको हुनसक्ने बताए।

‘धेरै जना खुसी हुनुहुन्छ होला, धेरै जना दुःखी पनि हुनुहुन्छ होला म आएकाले,’ उनले भने।

गुरुङले व्यक्तिगत टिप्पणीभन्दा पनि आफ्नो ध्यान मन्त्रालयको काम र जिम्मेवारी पूरा गर्नतर्फ केन्द्रित रहने उल्लेख गरे। उनले गृह प्रशासनलाई प्रभावकारी बनाउने, शान्ति सुरक्षा सुदृढ गर्ने तथा जनताले अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्पत्तिसम्बन्धी विवादपछि गृहमन्त्री पदबाट बाहिरिएका गुरुङ छानबिन समितिको प्रतिवेदनपछि पुनः मन्त्रिपरिषद्को निर्णयबाट गृहमन्त्री नियुक्त भएका हुन्।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
108 Shares