विशिष्ट सुरक्षा जिम्मेवारी बोकेको सशस्त्र प्रहरी गण नं. १ नक्सालको ५७औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल प्रहरीको विशिष्टीकृत सुरक्षा इकाइमध्ये अग्रणी मानिने सशस्त्र प्रहरी गण नम्बर १, नक्साल ले आफ्नो ५७औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ।

मंगलबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा गणमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वार्षिकोत्सवको अवसरमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै गणले विगत ५७ वर्षदेखि राष्ट्र, नागरिक तथा महत्वपूर्ण संरचनाको सुरक्षामा पुर्‍याएको योगदानको स्मरण गरिएको थियो। कार्यक्रममा उपस्थित प्रहरी अधिकारीहरूले गणको व्यावसायिक दक्षता, अनुशासन र कार्यसम्पादनको प्रशंसा गरेका थिए।

समारोहका क्रममा प्रहरी महानिरीक्षक कार्कीले ‘वर्ष उत्कृष्ट प्रहरी–२०८२’ घोषित प्रहरी सहायक निरीक्षक राजेश नेपाली लाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए। साथै उनले गण दिवसको शुभकामना सन्देश प्रदान गर्दै संगठनको प्रतिष्ठा, व्यावसायिकता र जनविश्वासलाई अझ सुदृढ बनाउन सम्पूर्ण प्रहरी कर्मचारीलाई प्रेरित गरेका थिए।

नेपाल प्रहरीको महत्वपूर्ण सुरक्षा जिम्मेवारी सम्हाल्दै आएको सशस्त्र प्रहरी गण नं. १, नक्साललाई संगठनको अब्बल र विशिष्टीकृत इकाइका रूपमा चिनिन्छ। वार्षिकोत्सव समारोहले गणको गौरवशाली इतिहास, समर्पण र भविष्यप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको सहभागीहरूले बताएका छन्।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
250 Shares