

काठमाडौँ उपत्यका सहित देशभरका मुख्य राजमार्ग अवरुद्ध, बाढी–पहिरो र मर्मत कार्यले यातायात प्रभावित
काठमाडौँ । देशका विभिन्न भागमा निरन्तर परेको वर्षा, बाढी–पहिरो तथा सडक मर्मत कार्यका कारण प्रमुख राजमार्ग तथा महत्वपूर्ण सडक खण्डहरूमा यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको छ। कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने केही खण्डहरू एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेका छन्।
काठमाडौँ उपत्यकालाई जोड्ने सतुङ्गल–चित्लाङ सडक खण्ड जेठ १६ गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको छ। चन्द्रागिरी नगरपालिका–९ देउराली देवीस्थान क्षेत्रमा गएको पहिरो पन्छाउने तथा मर्मत कार्य जारी रहेकाले उक्त सडक कम्तीमा अझै एक महिना बन्द रहने जनाइएको छ।
त्यस्तै, भोजपुरको बोखिम र पाँचथरको दोभान क्षेत्रमा आएको बाढीका कारण सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा छ। खोटाङको पङ्खु खोलामा गएको पहिरोले जेठ २ गतेदेखि यातायात पूर्ण रूपमा ठप्प पारेको छ।
इलामको पुवाखोलामा आएको बाढीका कारण मेची करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि वैकल्पिक मार्गका रूपमा मेची राजमार्ग प्रयोग गर्न सकिने सम्बन्धित निकायले जनाएको छ।
यसैगरी, बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै जेठ २२ गतेदेखि सवारी आवागमनमा रोक लगाइएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सडक मर्मत कार्य भइरहेको कारण कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्ड पनि जेठ १५ गतेदेखि पूर्ण रूपमा बन्द गरिएको छ। यो सडक कम्तीमा एक महिनासम्म बन्द रहने अनुमान गरिएको छ।
लगातारको वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध हुँदा यात्रुहरू प्रभावित भएका छन् भने सम्बन्धित निकायहरूले सतर्कता अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्।
समाज
थप सामाग्री-
“बालश्रममुक्त समाज निर्माणमा मोरङ प्रहरीको प्रतिबद्धता, विश्व बालश्रम विरुद्ध दिवस भव्य रूपमा सम्पन्न”
-
चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेच्ने दुई सञ्चालकसहित चार जना बनेपाबाट पक्राउ
-
अख्तियार र सम्पत्ति शुद्धीकरणले जोगाएको सिन्डिकेटलाई सम्पत्ति छानबिन आयोगले कारबाहीको दायरामा ल्याउला ?
-
ट्राफिक नियम उल्लंघनमा कुनै सहुलियत नदिन निर्देशन : एसएसपी सुरेश काफ्ले
-
नेपालका लागि सञ्जीवनी बुटी : दिव्य उपदेश
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
९ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…



