आप्रवासी निष्कासनका लागि मध्य अफ्रिकी गणतन्त्रसँग सम्झौता, पहिलो चरणमा २० जना पठाइने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरान, सिरिया, अफगानिस्तान लगायतका देशका आप्रवासीहरूलाई तेस्रो-देश निष्कासन अन्तर्गत मध्य अफ्रिकी गणतन्त्र पठाउने तयारी गरेको खुलासा भएको छ।

रोयटर्सका अनुसार पहिलो चरणमा करिब २० जना आप्रवासीलाई उक्त देश पठाउने योजना रहेको छ, जसमा इरान, अफगानिस्तान र सिरियाका नागरिकहरू समेत समावेश छन्।

सम्झौता अनुसार भविष्यमा सयौं आप्रवासीलाई समेत सोही प्रक्रियामा निष्कासन गर्न सकिने बताइएको छ। यस सूचीमा केही त्यस्ता व्यक्ति पनि रहेका छन्, जसले आफ्नो देश फर्किँदा जीवन जोखिममा पर्ने भन्दै अमेरिकी अदालतबाट संरक्षण पाएका थिए।

मानव अधिकारकर्मीहरूले भने द्वन्द्व, गरिबी र हिंसाबाट ग्रस्त मध्य अफ्रिकी गणतन्त्रमा आप्रवासी पठाउने योजनाप्रति गम्भीर आपत्ति जनाएका छन्।

यसैबीच, आप्रवासी व्यवस्थापन र सहयोगका लागि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) ले सहकार्य गर्ने तयारी गरेको जनाइएको छ।

Facebook Comments Box
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
९ घण्टा अगाडि

1.4kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…

TOP
209 Shares