

रास्वपा बागमती प्रदेश अधिवेशनको नेतृत्व चयनका लागि ३० जेठमा मतदान हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि ३० जेठमा काठमाडौंमा मतदान हुने भएको छ।
प्रदेश सभापति पदका लागि डा. अच्युतम लामिछाने र उत्सव अर्यालसहित चार जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। स्थगित भएको मतदान प्रक्रिया यसपटक विद्युतीय माध्यमबाट सम्पन्न गर्ने तयारी गरिएको छ।
पार्टीको विधानअनुसार पहिलो चरणमा प्रदेश सभापति र प्रदेश सदस्यहरूको निर्वाचन गरिनेछ भने दोस्रो चरणमा उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्तालगायत पदाधिकारी चयन गरिने व्यवस्था छ।
निर्वाचन आयोगका अनुसार बागमती प्रदेश अधिवेशनका लागि १,३०० भन्दा बढी प्रतिनिधि छनोट भएका थिए। तर करिब ४०० प्रतिनिधिसम्बन्धी उजुरी तथा विवादका कारण प्रक्रिया केही समयका लागि स्थगित गरिएको थियो।
सभापति चयनका लागि कूल सदर मतको ५० प्रतिशत मत आवश्यक हुने व्यवस्था छ। यदि कसैले बहुमत प्राप्त नगरे पहिलो र दोस्रो स्थानमा आउने उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुने प्रावधान छ। साथै २५ प्रतिशत मत प्राप्त गर्ने निकटतम प्रतिस्पर्धी स्वतः प्रदेश सदस्य हुने व्यवस्था पनि छ।
विधानअनुसार ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ, जसमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री (दुई जना, फरक लिङ्ग अनिवार्य), कोषाध्यक्ष र प्रवक्ता रहनेछन्।
निर्वाचन आयोगले विवाद समाधानपछि अब मतदान प्रक्रिया विद्युतीय प्रणालीमार्फत सम्पन्न गरिने जनाएको छ। अधिवेशनमा मुख्य प्रतिस्पर्धा डा. लामिछाने र उत्सव अर्यालबीच हुने अनुमान गरिएको छ।
समाज
थप सामाग्री-
“बालश्रममुक्त समाज निर्माणमा मोरङ प्रहरीको प्रतिबद्धता, विश्व बालश्रम विरुद्ध दिवस भव्य रूपमा सम्पन्न”
-
चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेच्ने दुई सञ्चालकसहित चार जना बनेपाबाट पक्राउ
-
अख्तियार र सम्पत्ति शुद्धीकरणले जोगाएको सिन्डिकेटलाई सम्पत्ति छानबिन आयोगले कारबाहीको दायरामा ल्याउला ?
-
ट्राफिक नियम उल्लंघनमा कुनै सहुलियत नदिन निर्देशन : एसएसपी सुरेश काफ्ले
-
नेपालका लागि सञ्जीवनी बुटी : दिव्य उपदेश
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
९ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…



