

पूर्व बालसेनालाई सम्मानजनक परिपूरण दिन सर्वोच्चको परमादेश, अपमानजनक शब्द प्रयोग नगर्न निर्देशन
काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालका पूर्व बालसेनाहरूलाई तत्काल सम्मानजनक परिपूरणको व्यवस्था गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।
अदालतले ‘अयोग्य’ वा ‘बहिर्गमित’ जस्ता अपमानजनक शब्द प्रयोग नगर्न पनि सरकारलाई स्पष्ट निर्देशन दिएको छ।
न्यायाधीशत्रय सपना प्रधान मल्ल, सुनील कुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले पूर्व बालसेनाहरूको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्ता शब्द प्रयोग नगर्न आदेश दिएको हो।
साथै, उनीहरूले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक तथा मानसिक असर र सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई सम्बोधन गर्न केवल आर्थिक राहत मात्र पर्याप्त नहुने भन्दै थप न्यायोचित परिपूरण दिनुपर्ने उल्लेख गरिएको छ।
लेनिन विष्ट र डा. ज्ञानबहादुर बस्नेतद्वारा दायर छुट्टाछुट्टै रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो फैसला गरेको हो।
समाज
थप सामाग्री-
“बालश्रममुक्त समाज निर्माणमा मोरङ प्रहरीको प्रतिबद्धता, विश्व बालश्रम विरुद्ध दिवस भव्य रूपमा सम्पन्न”
-
चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेच्ने दुई सञ्चालकसहित चार जना बनेपाबाट पक्राउ
-
अख्तियार र सम्पत्ति शुद्धीकरणले जोगाएको सिन्डिकेटलाई सम्पत्ति छानबिन आयोगले कारबाहीको दायरामा ल्याउला ?
-
ट्राफिक नियम उल्लंघनमा कुनै सहुलियत नदिन निर्देशन : एसएसपी सुरेश काफ्ले
-
नेपालका लागि सञ्जीवनी बुटी : दिव्य उपदेश
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
९ घण्टा अगाडि
1.4kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…



