काठमाडौँ उपत्यकामा २४ घण्टामा २ हजार ४०८ सवारीचालक कारबाहीमा, रु ४ लाख ५८ हजार राजस्व संकलन

काठमाडौँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ४०८ सवारीचालक कारबाहीमा परेका छन् । सो कारबाहीबाट राज्यकोषमा कुल रु ४ लाख ५८ हजार राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १४० जना, नियमविपरीत राइड सेयरिङ गर्ने ११६ जना, सिग्नल बत्ती उल्लङ्घन गर्ने १३८ जना तथा तीव्र गतिमा सवारी चलाउने २८४ जनालाई कारबाही गरिएको हो ।

यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने ८५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०६ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १२४ जना तथा एकतर्फी सडकमा विपरीत दिशामा सवारी चलाउने ११६ जना कारबाहीमा परेका छन् ।

त्यस्तै अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३३५ जनामाथि पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले सवारी नियमको कडाइका साथ पालना गर्न आग्रह गर्दै सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा सबैको जिम्मेवारी आवश्यक रहेको जनाएको छ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
192 Shares