

खुकुरी देखाएर युवतीमाथि धम्की र कुटपिट, भिडियो सार्वजनिक भएपछि लागूऔषधसहित एक युवक पक्राउ
दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर धम्की दिँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङमा एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले आफ्नै घरबाट पक्राउ गरेको हो । उनको साथबाट विभिन्न प्रकारका लागूऔषधका ट्याब्लेटसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार मगरले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गर्नुका साथै आपत्तिजनक शब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त भिडियो भाइरल भएपछि घटनाले व्यापक सार्वजनिक ध्यानाकर्षण गरेको र सर्वसाधारणबाट कडा आलोचना भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाज
थप सामाग्री-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
१ दिन अगाडि
2.1kViews 326 Shares Share on Facebook Share on Twitter काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट…



