देशका विभिन्न प्रदेशमा बदली र वर्षाको सम्भावना, कतिपय तराई क्षेत्रमा तातो लहरको चेतावनी

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न प्रदेशमा मौसम बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशका साथै बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्य बदली (बादल) लागेको छ भने अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसोको पूर्वानुमान

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग, लुम्बिनी प्रदेशको हिमाली भूभाग र कोशी प्रदेशको तराई भूभागमा सामान्य बदली रहनेछ।

त्यसैगरी, लुम्बिनीको पहाडी भूभाग र मधेस प्रदेशको तराई भूभागमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी, कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

तातो लहरको सम्भावना

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर (Heat Wave) रहने सम्भावना छ। यस्तै, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तातो दिनको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ।

रातिको पूर्वानुमान

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। अन्य हिमाली, पहाडी तथा कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
145 Shares