धनगढीका होटलमा प्रहरीको छापा, २४ जना नियन्त्रणमा

कैलाली । धनगढी उपमहानगरपालिका क्षेत्रका विभिन्न होटल तथा लजमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर २४ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार होटल तथा लजहरूमा गरिएको विशेष चेकजाँचका क्रममा ११ महिला र १३ पुरुषलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएकामध्ये ७ जना भारतीय नागरिक पुरुष रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीले सार्वजनिक स्थल तथा होटल व्यवसायको आडमा हुने गैरकानुनी गतिविधि नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई निरन्तरता दिइने जनाएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
412 Shares