श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् पक्राउ

काठमाडौँ । रौतहटमा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा टोलका ४२ वर्षीय महन्थ राय यादवले आफ्नी ३२ वर्षीया श्रीमती आरती देवी यादवको धारिलो हतियार (बञ्चरो) प्रयोग गरी हत्या गरेका थिए।

घटना गत फागुन ३ गते आफ्नै घरको सुत्ने कोठामा भएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका यादवलाई निरन्तर खोजतलास तथा प्राविधिक विश्लेषणका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले फतुवा विजयपुर नगरपालिका–८ विजयपुर क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ परेका यादवमाथि आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिएका छन्।

Facebook Comments Box
TOP
149 Shares