

ट्राफिक प्रहरीमा हात मिलाउने अभ्यास अन्त्य, अब सेवाग्राहीसँग ‘नमस्ते’ अनिवार्य
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्युटीका क्रममा सेवाग्राहीसँग हात मिलाउने अभ्यासलाई अन्त्य गर्दै अबदेखि ‘नमस्ते’ संस्कृतिलाई अनिवार्य गर्न निर्देशन दिएको छ।
कार्यालयले मातहतका ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग तथा ट्राफिक पोस्टहरूलाई सर्कुलर जारी गर्दै ड्युटीमा खटिएका प्रहरी कर्मचारीले सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात नमिलाई टाढैबाट नमस्कार (नमस्ते) गरेर सम्मान प्रकट गर्न निर्देशन दिएको हो।
ट्राफिक प्रहरीले जारी गरेको सर्कुलरमा हात मिलाउने अभ्यास व्यावसायिक आचरण र स्वास्थ्य–सावधानीका दृष्टिले उपयुक्त नदेखिएको उल्लेख गरिएको छ। यसको सट्टा नेपाली संस्कृतिअनुसार नमस्ते गर्दै सम्मान र शिष्टता प्रकट गर्नुपर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
यो निर्देशन उपत्यकाभर कार्यरत सबै ट्राफिक प्रहरी इकाइहरूमा लागू हुने भएको छ। अबदेखि ड्युटीमा रहेका ट्राफिक प्रहरीले सेवाग्राहीसँगको व्यवहारमा शारीरिक सम्पर्क (ह्यान्डशेक) नगरी मर्यादित रूपमा नमस्ते संस्कृतिलाई प्राथमिकता दिनेछन्।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





