प्रदीप पौडेलको प्रश्न– ‘इन्धनको मूल्य बढ्दा तुरुन्त लागू हुने, घट्दा बहाना किन ?’

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसक्दा पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटाइएको भन्दै सरकार र नेपाल आयल निगमको आलोचना गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ११७.६३ अमेरिकी डलर प्रति ब्यारेलबाट घटेर ६९.२१ डलरमा झरिसक्दा पनि नेपाली उपभोक्ताले पुरानै मूल्यमा इन्धन किन्न बाध्य हुनु अन्यायपूर्ण भएको बताएका छन्।

उनले मूल्य बढ्दा स्वचालित रूपमा समायोजन हुने तर घट्दा विभिन्न कारण देखाएर ढिलाइ गर्ने प्रवृत्ति उचित नभएको बताए। निगमले प्रशोधित तेल खरिद गर्ने भएकाले तत्काल मूल्य घटाउन नसकिने तर्क गर्दै आएको भए पनि कच्चा तेलको मूल्यमा आएको ठूलो गिरावटको प्रभाव उपभोक्ताले पाउनुपर्ने उनको भनाइ छ।

पौडेलले मूल्य समायोजन प्रक्रियामा पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै स्वचालित मूल्य प्रणालीलाई मूल्य वृद्धि र मूल्य घटाउने दुवै अवस्थामा समान रूपमा लागू गर्न माग गरेका छन्। उनले उपभोक्तामाथिको आर्थिक भार कम गर्न इन्धनको मूल्य तत्काल पुनरावलोकन गर्न सरकार र निगमसँग आग्रह गरेका छन्।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
377 Shares